स्थानिय तहको भूमि व्यवस्थापन सम्वन्धी अभिमुखिकरण तालीम कार्यक्रमको उद्घाटन समारोह ।

Published Date:6th-Jan-2020

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको आ.व. २०७६/७७ को स्वीकृत वार्षिक कार्यक्रम वमोजिम सुदुर पश्चिम प्रदेश अन्तर्गतका कैलाली र कञ्चनपुर जिल्लाका उपमहानगर/नगर पालिकाहरुका जग्गा प्रशासन क्षेत्रमा कार्यरत कर्मचारीहरुका लागि स्थानिय तहको भूमि व्यवस्थापन सम्वन्धी अभिमुखिकरण तालीम कार्यक्रमको उद्घाटन समारोह केन्द्रका कार्यकारी निर्देशक श्री गणेशप्रसाद भट्टको अध्यक्षता र नापी कार्यालय कैलालीका प्र.ना.अ. श्री सुदर्शन सिंह धामी तथा मालपोत कार्यालय कैलालीका मालपोत अधिकृत श्री हरि के.सी. ज्यूको आतिथ्यतामा सम्पन्न भयो ।उक्त तालिम कार्यक्रमको उदघाटन समारोहमा केन्द्रका निर्देशक एवं तालिम कार्यक्रम संयोजक श्री टंकप्रसाद दाहालले सहभागीहरुलाई स्वागत तथा तालिम कार्यक्रमको औचित्यका वारेमा भनाई राख्नु भएको थियो भने नापी तथा मालपोत कार्यालयका अतिथिहरुले तालिम सफलताको शुभकामना तथा यस किसिमका तालिम संघियता कार्यान्वयनका लागि अत्यन्तै महत्वपूर्ण रहेको भनाई राख्नु भएको थियो। उदघाटन सत्र कार्यक्रमको समापन गर्दै केन्द्रका कार्यकारी निर्देशक श्री गणेशप्रसाद भट्टले केन्द्रले आगामि दिनहरुमा यस्ता तालीम कार्यक्रमहरु वृहतरुपमा संचालन गरि स्थानिय तहहरुको क्षमता अभिवृद्धिमा केहि मात्र भए पनि योगदान गर्ने केन्द्रको योजना रहेको भनाई राख्नु भएको थियो ।

उक्त उदघाटन सत्रको संचालन केन्द्रका प्रशिक्षक श्री लक्ष्मी थापाले गर्नु भएको थियो । एक हप्ता अवधिको तालिम कार्यक्रम संचालनका लागि केन्द्रवाट निर्देशक श्री टंकप्रसाद दाहालको संयोजकत्वमा प्रशिक्षक श्री लक्ष्मी थापा र लेखापाल श्री ओमप्रकाश वस्याललाइ खटाईएको र विज्ञका रुपमा केन्द्रका कार्यकारी निर्देशकको समेत उपस्थिति रहनेछ ।

Enquire now

Give us a call or fill in the form below and we will contact you. We endeavor to answer all inquiries within 24 hours on business days.