वि.सं:
नेपाल संवत: ११४५ गुलागा पारु - १६
मिति वि.स २०८२-०२-२२ तदनुसार 2025 June 05 AD गते विहीवार भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेल तथा डिभिजन वन कार्यालय, काभ्रेपलाञ्चोकको आयोजना तथा सर्भेयर्स सोसाइटी अफ काभ्रेको सहकार्यमा विश्व वातावरण दिवसको उपलक्ष्यमा विविध कार्यक्रम तथा केन्द्र परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रमको औपचारिक समारोहको अध्यक्षता केन्द्रका कार्यकारी निर्देशक श्री जनकराज जोशीज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथिका रुपमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्री उमेश ढकालज्यू रहनुभएको थियो।कार्यक्रममा डिभिजन वन कार्यालयको तर्फबाट वन अधिकृत धनमाया सुनुवारज्यूले विश्व वातावरण दिवसको सन्दर्भमा “Power of Green” विषयमा प्रस्तुतीकरण दिनुभएको थियो भने केन्द्रका निर्देशक एवं सर्भेयर्स सोसाईटी अफ काभ्रेका अध्यक्ष श्री रामकुमार सापकोटाज्यूले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कोष नियन्त्रकज्यू, नापी कार्यालय काभ्रेपलाञ्चोक तथा विशेष नापी कार्यालय ,बनेपाका कार्यालय प्रमुखज्यूहरू, डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकका डिभिजल वन अधिकृतज्यू , सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय कोषाध्यक्षज्यू , जिल्ला स्थित सुरक्षा निकायका प्रमुखज्यूहरू, नेपाल पत्राचार महासंघ , जिल्ला समिति काभ्रेपलाञ्चोका वर्तमान तथा पूर्व अध्यक्षज्यूहरू लगायतका पत्रकारज्यूहरूको समेत उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रम सञ्चालन केन्द्रका प्रशिक्षक विज्ञान वञ्जाराज्यूले गर्नभएको थियो ।