वि.सं:
नेपाल संवत: ११४५ गुलागा पारु - १६
मिति २०४३ साल वैशाख २२ गते नेपाल प्रशासन सेवाको मुखिया पदबाट नेपाल सरकारको निजामती सेवामा स्थायी रूपमा प्रवेश गर्नु भई विभिन्न कार्यालयमा सेवा गर्नु भई मिति २०६४ साल श्रावण २३ गते देखि भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा शाखा अधिकृत पदमा प्रवेश गरी मिति २०७१ साल चैत्र २६ गतेबाट उप सचिव पदमा पदोन्नति भई केन्द्रको निर्देशक पदमा अवच्छिन्न रूपमा मिति २०८२ असार ३२ गतेसम्म सेवारत रही श्रावण १ बाट उमेर हदका कारण अनिवार्य अवकाशमा जान लाग्नु भएका श्री राजेन्द्र राउतज्यूले आफ्नो जीवनको अमूल्य १८ वर्ष अत्यन्त ईमान्दारी र निष्ठापूर्वक यस केन्द्रको सेवामा बिताउँदै कुल ३९ वर्ष २ महिना २० दिनको समय राष्ट्रसेवामा अर्पण गर्नु भएको हुँदा केन्द्र परिवारको तर्फबाट उहाँको सक्रिय एवं स्वस्थ सेवानिवृत्त जीवनमा सुख , समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्देछौं ।