‘भूमि प्रशासन तथा व्यवस्थापन’ विषयक तालिम जनकपुरमा शुरू भएको सम्बन्धमा ।

Published Date:2nd-Jan-2020

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको आ.व. २०७६/७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत प्रदेश नं २ स्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यारत सहायक स्तरका कर्मचारीका लागि ‘भूमि प्रशासन तथा व्यवस्थापन’ विषयक तालिम  मिति २०७६/९/१५ गते देखि धनुषा जिल्लाको जनकपुरधाममा  सुरु गरिएको छ। तालिमको समुद्घाटन कार्यक्रम केन्द्रका शाखा अधिकृत एवं तालिमका संयोजक आरती आधिकारीको अध्यक्षतामा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री प्रदिपराज कणेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। उक्त समुद्घाटन कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत रहेको भूमिश्रोत महाशाखा प्रमुख श्री विजय कुमार महतो, नापी कार्यलाय धनुषाका नापी अधिकृत, मालपोत अधिकृत, अन्य कर्मचारी लगायत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो।  पौष २८ गतेसम्म संचालनमा रहने तालिममा बिभिन्न जिल्लाका १० जना प्रशिक्षार्थीहरु समावेश गरिएको छ। तालिम संचालनका लागि केन्द्रबाट शाखा अधिकृत आरती अधिकारीको संयोजकत्वमा प्रशिक्षक श्री शिवजी के.सी. तथा सहायक प्रशिक्षक श्री रामचन्द्र भण्डारी खटिनुभएको छ।

Enquire now

Give us a call or fill in the form below and we will contact you. We endeavor to answer all inquiries within 24 hours on business days.