Published Date:24th-Jan-2020
परिचय
नेपाल सरकारले सन् २०२० को वर्षलाई Visit Nepal 2020 को रूपमा मनाइरहेको सन्दर्भमा विविध कार्यक्रमहरूको आयोजना गरी यस कार्यक्रमलाई सफल तुल्याउनु देशका हरेक नागरिक, समुदाय एवम् संघ संस्थाको कर्तव्य हो । यसै कर्तव्यलाई आत्मसात गरी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले Visit LMTC 2020 कार्यक्रम (अनौपचारिक कार्यक्रमको रूपमा) अघि सारेको छ ।
उद्देश्य
यस कार्यक्रमको प्रमुख उद्देश्य यस प्रशिक्षण केन्द्र, साविकको नापी तालीम केन्द्रबाट विभिन्न समयमा विभिन्न तह वा विषयको तालीम लिई स्वदेश तथा विदेशका बिभिन्न स्थानमा कार्यरत रहनु भएका केन्द्रका पूर्व प्रशिक्षार्थीहरू (LMTC Alumni) लाई यो वर्ष भरिमा कम्तिमा १ पटक यस प्रशिक्षण केन्द्रको भ्रमण………