वि.सं:
नेपाल संवत: ११४५ गुलागा पारु - १६
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलको ५७ औ बार्षिकोत्सव समारोह भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका माननीय मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यता तथा काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्ले र भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव श्रीमान केदारनाथ शर्माज्यूको विशेष आतिथ्यतामा सम्पन्न भएको छ । केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशीज्यू अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा काठमाडौ विश्वविद्यालयका रजिष्टार प्रा. डा. राजिव श्रेष्ठज्यू, नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शिव प्रसाद रेग्मी , प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालज्यू , काठमाडौं विश्वविद्यालय जियोम्याटिक्स इन्जिनियरिङ विभागीय प्रमुख डा. रेश्मा श्रेष्ठज्यू ह्याविटेट फर ह्युमानिटी, नेपालका नेशनल डाइरेक्टर श्री एलिजा स्थापितज्यू केन्द्रका पूर्व कार्यकारी निर्देशकज्यूहरू, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरू, पत्रकार महासंघ काभ्रे, अध्यक्षज्यू लगायतका पत्रकारज्यूहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा केन्द्रका निर्देशक सुदिप श्रेष्ठज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो भने निर्देशक रामकुमार सापकोटाज्यूले केन्द्रको समग्र परिचय तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी केन्द्रबाट मासिक रूपमा सञ्चालन हुँदै आईरहेको Lecture of the Month Series अन्तर्गत नेपाल सरकारका पूर्व सचिव तथा केन्द्रका पूर्व कार्यकारी निर्देशक श्री कृष्णराज वि. सी.ज्यूले “भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको विगत, वर्तमान र आगामी कार्यदिशा” विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो।
कार्यक्रममा केन्द्रको वार्षिक प्रकाशन Journal on Land Management and Geoinformatics Education को सातौं संस्करण विमोचन, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको १० वर्षे रणनैतिक योजना सार्वजनिकीकरण, LMTC Textbook Series अन्तर्गत Remote Sensing विषयको पुस्तक सार्वजनिकीकरण तथा भूमि साक्षरता: स्रोत सामाग्री सार्वजनिकीकरण समेत गरिएको थियो । कार्यक्रममा केन्द्रको निर्धारित लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउनुहुने केन्द्रका निर्देशक श्री राजेन्द्र राउतज्यू, प्रशिक्षक श्री भगीरथ भट्टज्यू तथा कार्यालय सहयोगी श्री देवन्द्र गिरीज्यूलाई उत्कृष्ट भूमिकाको लागि सम्मान गरिएको थियो। त्यसैगरी समारोहमा प्रशिक्षक तथा प्रशिक्षार्थीहरूबाट नृत्य, गायन तथा कविता वाचन लगायतका साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।